बराहक्षेत्र | बराहक्षेत्र नगरपालिका वडा नं. ११, मधुवन बजारस्थित प्रहरी चौकीको पश्चिमतर्फ JFPR प्रयोजनाअन्तर्गत बाललैङ्गिक, अपाङ्गमैत्री तथा आधुनिक सुविधा सम्पन्न सार्वजनिक शौचालय निर्माण कार्य सम्पन्न भएको छ । सार्वजनिक शैचालय निर्माण कार्य सम्पन्न भएको  नगर प्रमुख रमेश कार्की  साथमा प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल , स्थानिय जनप्रतिनिधि , प्राविधिक शाखाका प्रमुख इन्जिनियर राजु भट्टराई , वडा अध्यक्ष कृष्ण कुमार महतोसहित अन्य जनप्रतिनिधिहरूले अनुगमन गरेका छन्। शौचालय परियोजना विशेषगरी बालबालिका, दिव्याङ्ग र सर्वसाधारणलाई लक्षित गरी सहज, सुरक्षित र स्वच्छ शौच सुविधा उपलब्ध गराउने उद्देश्यले निर्माण गरिएको वडा अध्यक्ष महतोले बताए।

उनका अनुसार निर्माणाधीन शौचालयले स्थानीय स्वच्छता व्यवस्थामा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ। अध्यक्ष महतोले यस्ता सार्वजनिक सेवा परियोजनामा स्थानीय निकायको निरन्तर निगरानी र सहयोग रहने प्रतिवद्धता व्यक्त गरे। शौचालय निर्माण कार्य सम्पन्न भए सङै स्थानिय सामुदायिक स्वच्छता र सुविधा स्तरमा उल्लेख्य सुधार आउने अध्यक्ष महतोको भनाइ छ।