इटहरी | लायन्स क्लब अफ इटहरी क्रिएटिभ लेडिले सुन्दरहरैंचा नगरपालिका–१ स्थित खदमको श्री जनता माध्यमिक विद्यालयमा निर्माण गरिएको खानेपानी तथा शौचालय भवन हस्तान्तरण गरेको छ।
लायन्स क्लब अफ इटहरी क्रिएटिभ लेडिकी अध्यक्षMJF Lion स्मृति सापकोटा (भट्टराई)को अध्यक्षता तथा लायन्स डिष्ट्रिक्ट ३२५ C का डिष्ट्रिक्ट गभर्नर PMJF Lion बबरजंग थापाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा उक्त संरचना विद्यालयलाई हस्तान्तरण गरिएको हो।
कार्यक्रममा खानेपानी तथा शौचालय निर्माणमा सहयोग पुर्याउने २३ जना सहयोगी तथा दाताहरूलाई सम्मानसमेत गरिएको थियो। विद्यालयमा महिला र पुरुषका लागि छुट्टाछुट्टै दुई–दुई कोठा सहितको शौचालय तथा खानेपानी कक्ष निर्माण गरिएको हो। करिब ७ लाख रुपैयाँभन्दा बढी लागतमा निर्माण सम्पन्न भएको उक्त संरचना विद्यालयलाई औपचारिक रूपमा जिम्मा लगाइएको हो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि डिष्ट्रिक्ट गभर्नर बबरजंग थापाले लायन्स क्लबले शैक्षिक क्षेत्रलाई प्राथमिकतामा राखेर विद्यालय केन्द्रित सामाजिक कार्य गर्दै आएको उल्लेख गर्नुभयो। उहाँले यस्ता कार्यक्रमले विद्यार्थीको स्वास्थ्य, सरसफाइ र शैक्षिक वातावरण सुधारमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो।
त्यसैगरी अध्यक्ष स्मृति सापकोटा (भट्टराई)ले सामुदायिक विद्यालयको जीवनस्तर उकास्ने उद्देश्यले पछाडि परेका क्षेत्रलाई लक्षित गरी सामाजिक सेवा कार्य गरिएको बताउनुभयो।
कार्यक्रमको संयोजन निता शर्माले गर्नुभएको थियो। कार्यक्रममा डिष्ट्रिक्ट प्रथम महिला रञ्जना पोखरेल, पास्ट डिष्ट्रिक्ट गभर्नरहरू PMJF Lion इन्द्र खत्री राजन ,PMJF Lion रेवत बहादुर कार्की, MJF Lion लिला प्रसाद चिमारिया, सेकेन्ड भाइस डिष्ट्रिक्ट गभर्नर MJF Lion रमेश खत्री, सुन्दहरैंचा नगरपालिका–१ का वडा अध्यक्ष राज विश्वास खवास, जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक मुकुन्द न्यौपाने, District 325C का Cabinet Secretary MJF Lion नेत्र चम्लागाई लगायत अन्य पदाधिकारीहरु ,क्लबका पूर्व अध्यक्षहरू, लियो क्लबको Original President Leo अनुष्का भट्टराई लगायत क्लबका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।


