सुन्दरहरैंचा । गछिया जेसीजको २०२६ को कार्यकालका लागि नयाँ नेतृत्वका लागी चौंथो साधारणसभाबाट सर्वसम्मत रूपमा कमल ढुंगाना (कुन्दन) को अध्यक्षमा नयाँ नेतृत्व चयन गरेको छ । 

नयाँ नेतृत्व अन्तर्गत कार्यकारिणी उपाध्यक्षमा आयुषदीप रिजाल र लक्षमण दाहाल चयन भएका छन् । त्यस्तै उपाध्यक्षहरूमा  सुजन बाहकोटी,  संजीव दाहाल,  रिजन पोख्रेल र  अनु दाहाल रहेका छन् । सचिवमा  गंगा सिग्देल तथा जनसम्पर्क अधिकारीमा  अनुप अधिकारी चयन भएका छन् ।

हाल १२९ जना सदस्य आबद्ध रहेको गछिया जेसीजले नयाँ नेतृत्व सँगै युवाको नेतृत्व विकास, सामाजिक सेवा तथा समुदायमुखी कार्यक्रममार्फत संगठनलाई अझ सशक्त बनाउने जनाएको छ । यसअघि सन् २०२५ का अध्यक्षका रूपमा  नवीन बरालले नेतृत्व गरिरहेका छन् ।