सुनसरी | नेपाली काङ्ग्रेस सुनसरी जिल्ला सभापतिको लागि आगामी १५औं महाधिवेशनको तयारी चल्दै गर्दा ऐयुव अन्सारीको नाम प्रमुख रूपमा चर्चित भएको छ। नेपाल बिद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका अन्सारीको दीर्घ राजनीतिक अनुभव र सफलताका कारण उनलाई जिल्ला सभापतिको लागि मजबूत उम्मेदवार मानिएको छ।

ऐयुव अन्सारीको राजनीतिक यात्रा:

· नेपाल बिद्यार्थी संघ (२०४६ साल) मार्फत राजनीतिक सक्रियता सुरु

· २०५० सालमा सुनसरी क्षेत्र नं. ५ को नेपाल बिद्यार्थी संघ सभापति

· १२औं महाधिवेशनमा सुनसरी क्षेत्र नं. ५ को सभापतिको लागि स्वर्गीय ताहीर अन्सारीसंग झिनो मतान्तरले पराजित

· १३औं महाधिवेशनमा क्षेत्रीय सभापतिमा ठूलो मतान्तरले विजयी

· संघीयता पछि कोशी गाउँपालिकाको पहिलो अध्यक्ष

· १४औं महाधिवेशनमा सुनसरी क्षेत्र नं. ४ को सभापतिमा जमील अन्सारीलाई फराकिलो मतान्तरले पराजित गरे

सुनसरीमा काङ्ग्रेसको स्थिति:

हालका जिल्ला सभापति केदार भण्डारीले पूर्व सभापति राजीव कोइरालाको समयदेखिको साख जोगाउन नसकेको चर्चा रहेको छ। यसैबीच ऐयुव अन्सारीलाई सभापति बनाउन सके सुनसरीका धेरै वडा, पालिका, प्रदेश र संसदीय क्षेत्रहरूमा काङ्ग्रेसलाई जिताउन सकिने विश्वास नेता र कार्यकर्ताहरूमा देखिएको छ।

नेपाली काङ्ग्रेस सुनसरी जिल्लाको आगामी सभापतिमा ऐयुव अन्सारीको नेतृत्वलाई मजबूत विकल्पको रूपमा हेरिएको छ र उनको उम्मेदवारीले जिल्ला काङ्ग्रेसलाई नयाँ गतिविधि दिन सक्ने अपेक्षा रहेको छ।