इटहरी । सप्तकोशी नदीको धरहरा टपन क्षेत्रको पूर्वी तटबन्धन भएर बग्ने नदीको भङ्गालो पश्चिम दिशा लागेपछि वर्षौदेखि समसान घाटको रुपमा रहेको धरहरा टपनको घाट विस्थापित भएको छ । प्रकाशपुर क्षेत्रबाट वर्षौदेखि धरहरा टपनको घाटमै मृत्यु संस्कार गरिँदै आएको थियो । शव जलाएपछि चिता बगाउने र पखाल्ने पानी कम हुँदा घाट विस्थापित भएको स्थानीय वीरबहादुर कार्कीले बताउनुभयो । घाटमा पानी सुकेपछि शव जलाउन राजवास घाटमा लाने गरिएको छ । नदीको पूर्वी भङ्गालो राजावास क्षेत्रको स्पर नम्बर २७ दशमलव ४० बाट २५ दशमलव ५७ र २६ नम्बरको स्परलाई छोएर पूर्वी भङ्गालो पश्चिम दक्षिणबाट बग्न थालेको पूर्वी तटबन्धमै काम गर्दै आउनुभएका मोहन मण्डलले बताउनुभयो । उहाँका अनुसार नदीले बर्खामा बाटो परिवर्तन गरिरहने हुँदा नदीको बाटो परिवर्तन बर्खाको भेलमा निर्भर हुने बताइएको छ । सप्तकोशी नदीले धार परिवर्तन गर्दा नदीको पूर्वी भङ्गालो पश्चिम दक्षिणबाट बग्न थालेको छ । धरहरा टपन क्षेत्रको पूर्वी तटबन्ध क्षेत्र भएर बग्ने नदीको भङ्गालो हिउँदमा पश्चिम तर्फबाट बग्न थालेको हो । गत असोज अन्तिममा आएको बाढीकोे भेलसँगै बालुवाले भङ्गालो पुरिँदा पश्चिम तर्फबाट नदी बग्न थालेको हो । बाढीसँगै बेला बेला धार परिवर्तन गर्ने नदीले यस पटक भने पूर्वबाट पश्चिम तर्फ धार परिवर्तन गरेको छ । कोशी आयोजनाअन्तर्गत भारतको जलसंशाधन मार्फत पूर्वी तटबन्धमा प्रत्येक वर्ष वर्षा लाग्नु अगावै कोशी आयोजनाले तटबन्ध र स्परको मर्मत सम्भार गर्दै आएको मण्डलले बताउनुभयो । आयोजनाले स्परहरुको अगाडि कर कटानको सम्भावित क्षेत्रहरुमा नदीको वेग लाई रोक्न प्रोकोपाइन ९बालुवा, गिट्टी, सिमेन्ट, रड०बाट बनाइएको तिरखुटी पिलर लगाउदा तटबन्धको अगाडिको भाग बालुवले सिल गर्दा नदी पश्चिमतर्फ मोडिएको मोहन मण्डलले बताउनुभयो ।


