इटहरी ।  सरकारका कृषि तथा पशुपन्छीमन्त्री डाक्टर मदनप्रसाद परियारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन गर्न सरकारले सहयोग गर्ने बताउनुभएको छ । शुव्रmबार पाँचथरको सदरमुकाम फिदिम आइपुग्नुभएका मन्त्री परियारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतका उत्पादनको निरीक्षण गर्दै यस्तो बताउनुभएको हो । मन्त्री परियारसहितको टोलीले फिदिम नगरपालिका–४ को आलुचिप्स उत्पादन उद्योगसँगै फिदिम–१२ को रस्टिक स्टोर, मौरीपालन परियोजना र तेह्रथुमको आठराई गाउँपालिकामा निर्मित सेवा केन्द्र भवनको अवलोकन र निरीक्षण गर्नुभएको थियो ।