इटहरी । बराहक्षेत्र नगरपालिका –१० मा रहेको रामधुनी प्रकासपुर सामुदायिक वन को  २३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारणसभामा सभापतिको रूपमा रामधुनी प्रकासपुर समुदायिक वन उपभोक्ता समुहको अध्यक्ष संगीता किराँतीको अध्यक्षता तथा कोशी प्रदेशका वन तथा बाताबरण मन्त्री सदानन्द मण्डलको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा प्रमुख अतिथि मन्त्री मण्डलले वनलाई सहयोग गर्ने र वन परिसरमा रहेको अन्तारिक पर्यटक आउने गन्तव्य माटो खाडीलाई अवलोकन गर्दै उक्त क्षेत्रलाई स्तरउन्नति गर्न सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । त्यस्तै, वनका अध्यक्ष संगीता किरातीले वन विकास र संरक्षणलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रमहरू अघि बढाइने जानकारी दिँदै वन विकास र संरक्षणका लागि बिरुवा उत्पादन, वृक्षारोपण, आगो नियन्त्रण रेखा निर्माण तारबार र जैविक घेराबारा, नमुना वन व्यवस्थापन, पर्यटन विकास, आयमूलक कार्यक्रम, तालिम, गोष्ठी, अवलोकन भ्रमण, जनचेतनामूलक कार्यक्रम र सिप विकास जस्ता कार्यहरूलाई प्राथमिकतामा राखेर भाबि कार्ययोजना बनाइएको बताउनुभयो । कार्यक्रममा विशिष्ट अतिथिको रूपमा बराहक्षेत्र नगरपालिका –८ का बडा अध्यक्ष रोशन खड्का र प्रकासपुर प्रहरी चौकी इन्चार्ज कृष्ण आचार्य रहनु भएको थियो। अतिथिको रूपमा स्थानीय विभिन्न संघ संस्थाका प्रतिनिधि , वन समितिका पदाधिकारी, प्रतिनिधि, स्थानिय समाजसेबि ,बुद्धिजीवी ,राजनीतिक दलका प्रतिनिधि ,शैक्षिक एवं बौद्धिक ब्याक्तीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।