इटहरी। धनकुटामा बलात्कार आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा नगरपालिका–८, सान्ताङका २९ वर्षीय मानबहादुर राई छन् । १९ वर्षीया एक किशोरीको बलात्कार गरेको उनीमाथि आरोप छ । शनिबार ९पुस ५० साँझ उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ । मानबहादुरले ती किशोरीको बलात्कार गरेको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


