इटहरी। भोजपुरको पूर्वी अरुण गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय भोजपुरको आयोजनामा प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीको अध्यक्षतामा सेवा प्रवाहमा सहजीकरण, समन्वय तथा सार्वजनिक सुनुवाई कार्यक्रम साथै सुरक्षा निकाय, प्रदेश र स्थानीय तहसँगको सहकार्यमा लागू औषध नियन्त्रणसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा अरुण गाउँपालिका अध्यक्ष शालिकराम खत्री, उपाध्यक्ष विनिता ढकाल, प्रमुख प्रशासकीय अधिकृत जितमान जिमी, वडा नं। २,का वडा अध्यक्ष इन्द्र पुलामी मगर, वडा नं। ३ का वडा अध्यक्ष कुमार कार्की, कार्यपालिका सदस्यहरू, समाजसेवी, कर्मचारी तथा अन्य सरोकारवाला र पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो। उक्त कार्यक्रममार्फत सेवा प्रवाहलाई अझ सहज, प्रभावकारी र पारदर्शी बनाउने, लागू औषध दुरुपयोग नियन्त्रणका लागि सबै तहबीच सहकार्य र समन्वय सुदृढ गर्ने तथा समुदायलाई सुरक्षित, सचेत र सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।


