इटहरी । पौडेल बंश महासंघ नेपाल अन्तर्गत इटहरी उपमहानगरपालिका कमिटीको दोस्रो अधिवेशन सर्वसम्मत रूपमा सम्पन्न भएको छ। अधिवेशनबाट रितेश जंग पौडेलको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो।
महासंघको संगठन सुदृढीकरण, बंशीय एकता अभिवृद्धि तथा सामाजिक उत्तरदायित्वलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो।
नवगठित कार्यसमितिको उपाध्यक्षमा सोवित पौडेल, सचिवमा केशव पौडेल, सहसचिवमा गोपाल पौडेल तथा कोषाध्यक्षमा बाला पौडेल चयन भएका छन्।
त्यसैगरी सदस्यहरूमा सूर्यबहादुर पौडेल, सरोज पौडेल, ज्ञानेन्द्र पौडेल, गोपाल पौडेल, नवराज पौडेल, नेत्रबहादुर पौडेल, रेणुका पौडेल, विकास पौडेल र छात्रबहादुर पौडेल रहेका छन्।
दोस्रो अधिवेशनमा बोल्ने वक्ताहरूले पौडेल बंशको ऐतिहासिक योगदान, आपसी एकता, सामाजिक सद्भाव र भावी पुस्तामा संस्कार हस्तान्तरणको आवश्यकता औंल्याए। साथै महासंघमार्फत सामाजिक सेवा, शिक्षा, विपद् सहयोग, सांस्कृतिक संरक्षण तथा समुदायका साझा मुद्दामा संस्थागत रूपमा भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।
नव निर्वाचित अध्यक्ष रितेश जंग पौडेलले अधिवेशनबाट प्राप्त जिम्मेवारीलाई इमानदारी र निष्ठाका साथ पूरा गर्ने प्रतिवद्धता जनाउँदै इटहरी उपमहानगरभित्र रहेका सम्पूर्ण पौडेल समुदायलाई एकताबद्ध गर्दै संगठनलाई थप क्रियाशील बनाउने बताए। कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो।


