इटहरी । पौडेल बंश महासंघ नेपाल अन्तर्गत सुनसरी जिल्ला कमिटीको दोस्रो अधिवेशन सर्वसम्मत रूपमा सम्पन्न भएको छ। अधिवेशनबाट नवराज पौडेलको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो।
महासंघको संगठन सुदृढीकरण, बंशीय एकता अभिवृद्धि तथा सामाजिक उत्तरदायित्वलाई अझ प्रभावकारी बनाउने उद्देश्यका साथ सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो।
सर्वसम्मत रूपमा चयन भएको कार्यसमितिमा उपाध्यक्षमा सुवास पौडेल, सचिवमा हेमप्रसाद पौडेल, सहसचिवमा ज्ञानबहादुर पौडेल तथा कोषाध्यक्षमा सीता ढुंगेल पौडेल चयन भएका छन्।
त्यसैगरी कार्यसमितिका सदस्यहरूमा ढुन्डीप्रसाद पौडेल, टंकप्रसाद पौडेल, निरबहादुर पौडेल, कालिदास पौडेल, जोनी पौडेल, सिता खनाल पौडेल, विष्णुप्रसाद पौडेल, उमेश पौडेल र युवराज पौडेल रहेका छन्।

अधिवेशनमा बोल्ने वक्ताहरूले पौडेल बंशको ऐतिहासिक योगदान, आपसी एकता, सामाजिक सद्भाव तथा भावी पुस्तामा संस्कार र मूल्य मान्यताको संरक्षण आवश्यक रहेकोमा जोड दिएका थिए। महासंघमार्फत सामाजिक सेवा, शिक्षा, आपतकालीन सहयोग, सांस्कृतिक संरक्षण तथा समुदायका साझा मुद्दामा संस्थागत रूपमा भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।
नव निर्वाचित अध्यक्ष नवराज पौडेलले आफूलाई प्रदान गरिएको जिम्मेवारीलाई इमानदारी, पारदर्शिता र समावेशीताका साथ पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्दै सुनसरी जिल्लाभित्र रहेका सम्पूर्ण पौडेल समुदायलाई एकताबद्ध गर्दै संगठनलाई थप सशक्त बनाइने बताए।
अधिवेशन सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।


