इटहरी । लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५C अन्तर्गत एरिया फोरको आयोजनामा डिस्ट्रिक्ट गर्भनर दोस्रो कार्यकालको सल्लाहकार समितिको बैठक सम्पन्न भएको छ।

बैठक जोन XTv का जोन चेयरपरसन गोपाल श्रेष्ठको अध्यक्षतामा तथा लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५C का डिस्ट्रिक्ट चिफ एड्भाइजर उदय नारायण बरालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा लायन्स क्लब इटहरी पाथीभरा, लायन्स क्लब इटहरी सुनसरी, लायन्स क्लब पचरूखी तथा लायन्स क्लब इटहरी पाथीभराको सहकार्य रहेको थियो। 

बैठकका क्रममा सहभागी लायन्स क्लबका अध्यक्षहरूले आफ्नो–आफ्नो क्लबद्वारा एक वर्षभरि सञ्चालन गरिएका गतिविधिहरूको प्रतिवेदन प्रस्तुत गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि उदय नारायण बरालले लायन्स क्लबले सामाजिक उत्तरदायित्व वहन गर्दै समुदायका हकहितमा निरन्तर काम गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले सामाजिक सेवा र मानवीय कार्यमार्फत लायन्स क्षेत्रलाई थप सक्रिय र प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो।

त्यसैगरी अध्यक्ष गोपाल श्रेष्ठले लायन्स क्लब समाजको हितमा समर्पित संस्थाको रूपमा अगाडि बढिरहेको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रमहरू सञ्चालन गरिने बताउनुभयो।

बैठकमा लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५C का एरिया फोर चिफ भोजबहादुर दाहाल, एरिया फोर को–अर्डिनेटर टंक फुयाल, पब्लिकेसन चिफ मुक्तिनाथ घिमिरे, रिजन चेयरपरसन तेजबहादुर पुरी, LCIF का डिस्ट्रिक्ट चिफ थानेश्वर ढकाल ‘नेल्सन’, लायन्स क्लब इटहरी पाथीभराका अध्यक्ष कमल तिम्सिना लगायत लायन्स तथा लियो क्लबका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।