गढी, सुनसरी — सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (साकोस) को २९ औँ वार्षिक साधारण सभा अन्तर्गत एकाइ साधारण सभा २०८२ सहारा नेपाल साकोस सेवा केन्द्र भमरी गढीको आयोजनामा सम्पन्न भएको छ।

गढी गाउँपालिकाको कार्यालयमा आयोजित साधारण सभामा सञ्चालक समिति केन्द्रका सदस्य शंकरप्रसाद रिजाल तथा केन्द्रीय कार्यालयका वरिष्ठ प्रबन्धक राजकुमार विश्वकर्माको उपस्थिति रहेको थियो। कार्यक्रमको प्रमुख आतिथ्य सापतेरी थरुनीले गर्नुभएको थियो।

सभामा सहकारीको आर्थिक अवस्था, वार्षिक प्रगति प्रतिवेदन, आगामी कार्ययोजना तथा सदस्यहरूको सहभागिता अभिवृद्धि सम्बन्धी विषयमा छलफल गरिएको थियो। वक्ताहरूले सहकारीले स्थानीयस्तरमा आर्थिक सशक्तीकरण र सदस्य केन्द्रित सेवा विस्तारमा खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा सहकारीका सदस्यहरू, कर्मचारी तथा स्थानीय व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।



