खनार, सुनसरी — सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (साकोस) को २९ औँ वार्षिक साधारण सभा अन्तर्गत एकाइ साधारण सभा २०८२ सहारा नेपाल साकोस सेवा केन्द्र खनारको आयोजनामा सम्पन्न भएको छ।
नेपाल रेडक्रस सोसाइटी खनार–१२ को कार्यालयमा आयोजित सभामा सञ्चालक समिति सदस्य तथा वरिष्ठ उपाध्यक्ष हरिप्रसाद निरौला, सञ्चालक समिति सदस्य गुहेस्वरी कार्की र केन्द्रीय कार्यालयका उपप्रबन्धक गोपाल भट्टराईको उपस्थिति रहेको थियो। कार्यक्रमको प्रमुख अतिथि गौरीकुमारी मगर रहनुभएको थियो भने सभाको अध्यक्षता यसोदा बजगाईंले गर्नुभएको थियो।

कार्यक्रमको सञ्चालन तरहरा सेवा केन्द्र प्रमुख शान्ता काफ्लेले गर्नुभएको थियो। स्वागत मन्तव्य सञ्चालक समिति सदस्य गुहेस्वरी कार्कीले व्यक्त गर्नुभएको थियो भने संस्थाको गतिविधिबारे खनार सेवा केन्द्र प्रमुख उमेश चौधरीले जानकारी गराउनुभएको थियो।

अध्यक्षको प्रगति प्रतिवेदन वरिष्ठ उपाध्यक्ष हरिप्रसाद निरौलाले प्रस्तुत गर्नुभएको थियो भने केन्द्रीय कार्यालयका उपविभागीय प्रमुख गोपाल भट्टराईले वार्षिक नीति तथा कार्यक्रम र लेखा परीक्षण प्रतिवेदन वाचन गर्नुभएको थियो।
सभामा सहकारीको आर्थिक अवस्था, वार्षिक प्रगति, आगामी कार्ययोजना तथा सदस्य सहभागिता अभिवृद्धिका विषयमा छलफल गरिएको थियो। वक्ताहरूले सहकारीले स्थानीयस्तरमा आर्थिक सशक्तीकरणमा खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा सहकारीका सदस्य, कर्मचारी तथा स्थानीय व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।


