इटहरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाकी उप–प्रमुख देविमाया काफ्लेले पथरी शनिश्चरे नगरपालिकाको ‘नागरिकसँग उप–मेयर कार्यक्रम’ अन्तर्गत विपन्न विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गर्नुभएको छ । मङ्गलबार उप–प्रमुख काफ्लेको संयोजकत्वमा विपन्न तथा गरिब विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको हो। उप–प्रमुख काफ्लेले वडा नं. ५ र ६ का कार्यालयहरूमा समेत न्यानो कपडा वितरण गर्नुभएको थियो । नगरपालिकाले प्रत्येक वर्ष नगरभित्रका विपन्न नागरिकहरूलाई न्यानो कपडा वितरण गर्दै आइरहेको छ । यसै क्रममा, हिजो वडा नं. ९ को कार्यालय प्राङ्गणमा चार वटा विद्यालयमा अध्ययनरत अति विपन्न तथा गरिब विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको थियो भने अघिल्लो दिन वडा नं. ८ मा पनि वडाका विपन्न विद्यार्थी तथा विपन्न ज्येष्ठ नागरिकहरूलाई न्यानो कपडा वितरण गरिएको छ । वितरण कार्यक्रममा विभिन्न वडाका वडाध्यक्ष, वडा सदस्य तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।


