इटहरी । इटहरी राजस्वढाटस्थित पारस अटो मोबाइल्समा सञ्चालनमा रहेको टिभिएस एक्सचेञ्ज महाअफरले उल्लेखनीय सफलता हासिल गरेको छ। अफर सुरु भएको तेस्रो दिनसम्ममा ४३ भन्दा बढी टिभिएस ब्रान्डका बाइक तथा स्कुटर बिक्री भइसकेका छन्।
बिक्री भएका सवारीमध्ये ३४ जना ग्राहकले एक्सचेञ्ज तथा फाइनान्स सुविधा प्रयोग गरी नयाँ बाइक तथा स्कुटर खरिद गरेका हुन्। पुराना सवारी साटेर नयाँ टिभिएस बाइक वा स्कुटर सहज रूपमा खरिद गर्न सकिने व्यवस्थाका कारण ग्राहकको आकर्षण बढेको पारस अटो मोबाइल्सले जनाएको छ।
महाअफर अन्तर्गत ग्राहकलाई पुरानो सवारीको रु. ३० हजारसम्म मूल्यांकन, रु. ८ हजार क्यास छुट, रु. १० हजार बराबरको भ्यालु एडिसन, निःशुल्क एक्सेसरीज, हेल्मेट, बाइक कभर तथा लाइफटाइम वारन्टीको सुविधा उपलब्ध गराइएको छ।
अफरअन्तर्गत पुरानो सवारी साधनको न्यूनतम मूल्यांकन रु. ३० हजारसम्म, रु. ८ हजारसम्म क्यास डिस्काउन्ट, रु. १० हजारसम्म भ्यालु एडिसन, निःशुल्क एक्सेसरीज, हेल्मेट, बाइक कभर तथा लाइफटाइम वारन्टी प्रदान गरिने सञ्चालक लिलानाथ लुईटेलले बताउनुभयो । त्यसैगरी नागरिकतामात्रैका आधारमा फाइनान्स सुविधा पनि उपलब्ध गराइने उहाँको भनाइ छ ।
साथै सहभागी ग्राहकलाई जाडोको समयमा बाहक तथा स्कुटरमा यात्रा गर्दा निशुल्क झ्याकेट प्रदान गरिने भएको छ । हाल नेपाली बजारमा टिभिएसका २३ मोडेल उपलब्ध छन्। इटहरी, धरान, इनरुवा, दुहबी लगायत पूर्वी क्षेत्रका ग्राहकका लागि यो अभियान अवसरपूर्ण अफर रहेको छ ।
टिभिएसले पुरानो बाइक साटेर नयाँमा चढ्न मात्र होइन, त्यससँगै आर्थिक सजिलो, इन्जिनको दीर्घ ग्यारेन्टी र अफरको भरपर्दो व्यवस्था पनि सुनिश्चित गर्दै आएको छ ।



