इटहरी। झापाको बिर्तामोडमा घरको रेलिङबाट खसेर एक बालकको मृत्यु भएको छ । एक साताअघि रेलिङबाट लडेर घाइते भएका बिर्तामोड(४, आगमन टोल बस्ने रामकुमार कार्कीका छोरा ६ वर्षीय रियान्स कार्कीको उपचारका क्रममा हिजो साँझ ९बुधवार राति० मृत्यु भएको हो । उनी पुष २ गते राति ८।१५ बजे आफ्नै तीन तले घरमाथि रेलिङमा खेल्ने क्रममा अचानक भुइँमा झरेर गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि बिर्तामोडस्थित बि एन्ड सी अस्पतालमा लगिएको थियो । सोही अस्पतालमा उपचारको क्रममा बुधबार साँझ ७ः१५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक बालकको शव सोही अस्पतालमा छ । इलाका प्रहरी कार्यालय बिर्तामोडबाट टोली खटिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


