इटहरी । इटहरीमा तेक्वान्दो जुनियर ग्रेडिङ रातो, रातो कालो पेटी ग्रेडिङ्ग सम्पन्न भएको छ । इटहरी स्थित पकली माध्यमिक विद्यालयमा राष्ट्रिय तेक्वान्दो संघ सुनसरीको आयोजनामा तेक्वान्दो जुनियर ग्रेडिङ रातो, रातो ÷ कालो पेटी ग्रेडिङ्ग सम्पन्न भएको हो। ग्रेडिङ्गमा २८ जना रातो–कालो पेटी भएका र १८ जना कालो पेटी भएका विद्यार्थीहरूले परीक्षा दिएका थिए । परीक्षामा उत्तीर्ण गरेका विद्यार्थीहरूले प्रमाणपत्र प्राप्त गरेका छन् । राष्ट्रिय तेक्वान्दो संघ सुनसरीका अध्यक्ष खगेंद्र कुटवालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथी इटहरी वडा नं. ५ का वडाध्यक्ष भिष्म कुमार घिमिरे, राष्ट्रिय तेक्वान्दो संघ नेपालका केन्द्रीय उपाध्यक्ष ज्ञानेन्द्र बहादुर बिश्वकर्मा लगायतका प्रमुख व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागी भएका विद्यार्थीहरूले कठिन अभ्यास र परिश्रमका साथ आफ्नो क्षमता प्रमाणित गर्दै नयाँ स्तरको ग्रेड प्राप्त गरेका छन् ।