झुम्का | झुम्का खानेपानी मूल उपभोक्ता समितिको हालै सम्पन्न निर्वाचनमा नेकपा एमालेबाट प्रतिनिधित्व गर्ने उमेश दाहाल अध्यक्षमा निर्वाचित हुनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी सम्मिलित तीन दलीय गठबन्धनलाई पराजित गर्दै दाहालसहितको प्यानलले बहुमत हासिल गरेको हो।
उपभोक्ताहरूका अनुसार कुशल नेतृत्व, पारदर्शी व्यवस्थापन र जनमुखी कार्ययोजनाका कारण उमेश दाहालप्रति विश्वास व्यक्त गर्दै मतदाताले विजयी गराएका हुन्। दाहाल नेतृत्वको टिमले रामधुनी क्षेत्रका नागरिकलाई सुलभ मूल्यमा स्वच्छ खानेपानी उपलब्ध गराउने, सबै घरधुरीमा पानीको पहुँच पुर्याउने र खानेपानी सेवाको गुणस्तर सुधार गर्ने प्रतिबद्धता जनाएको छ।
निर्वाचन परिणामअनुसार झुम्का खानेपानी मूल उपभोक्ता समितिको नयाँ कार्यसमिति यस प्रकार रहेको निर्वाचन समितिले जनाएको छ । निर्वाचनबाट अध्यक्षमा उमेश दाहाल ,उपाध्यक्ष सृजना भट्टराई ,सचिव देवराज पोख्रेल ,कोषाध्यक्ष सुमन राउतर खुला सदस्यहरू कमल काफ्ले दिलिप कुमार चौधरी ,सुदिप पराजुली ,महिला सदस्यहरू सङ्गिता कोइराला भण्डारी मेनुका निर्वाचिि भएका हुन् ।
नव–निर्वाचित समितिलाई उपभोक्ताहरूले सफल कार्यकालको शुभकामना दिँदै झुम्का क्षेत्रको खानेपानी व्यवस्थापन थप प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन्।


