इटहरी । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा काठमाडौँबाट भागेका एक कैदी ताप्लेजुङमा पक्राउ परेका छन् ।
प्रहरीका अनुसार काठमाडौँस्थित कारागार कार्यालय जगन्नाथदेवलबाट भागेका ३३ वर्षीय जीवनकुमार चर्मकार ताप्लेजुङबाट पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक जटाशङ्कर यादवले ओखलढुङ्गगको सिद्धिचरण नगरपालिका–७ घर भएका चर्मकार पक्राउ परेका जानकारी दिनुभयो ।
प्रहरी निरीक्षक यादवका अनुसार हाल काठमाडौँ महानगरपालिका–२८ बागबजारमा डेरा गरी बस्दै अएका चर्मकार लिखत किर्ते र चोरी मुद्दामा अदालतबाट दोषी ठहर भएर कैद सजाय भुक्तान गर्दै आएका थिए । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकास्थित निर्माणाधीन जलविद्युत आयोजनामा लुकिछिपी बस्दै आएको भन्ने विशेष सूचनाका आधारमा चर्मकारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जेनजी आन्दोलनका क्रममा फरार ९भागेका० भएका चर्मकारविरुद्ध २०८२ असार १७ गते काठमाडौं जिल्ला अदालतले एक वर्ष छ महिना कैद सजाय र १५ हजार रुपियाँ जरिवानासमेतको फैसला सुनाएपछि चर्मकारले कैद सजाय भुक्तान गर्दै आएका थिए ।


