इटहरी। नेपालको पूूर्वी सीमावत्र्ती क्षेत्र मेची बजारबाट चार दिनअघि सुुरु भएको निसान पदयात्रा आज इलाम सदरमुकाम आइपुुगेको छ । नेपाल एकीकरणको सम्झनामा इतिहास संरक्षण र जिल्लाको पर्यटन प्रवर्धनमा आयोजना गरिएको पदयात्रा इलाम सदरमुुकामस्थित माइस्थान मन्दिरमा आएर समापन भएको छ ।

पूर्व राजा पृथ्वीनारायण शाहले सुुरु गरेको नेपाल एकीकरणताका तात्कालीन श्रीनाथ पल्टनले पूर्वको भूभाग विजय गरेर गाडेका निसान सुगौली सन्धीपछि फर्काएर राखिएका स्थान र बाटोलाई जोडेर गतवर्षदेखि तयार गरिएको निसान पदमार्गमा बनाइएको थियो । श्रीनाथ पल्टनले भारतको नागरी गढीबाट फर्काएको निसानलाई करर्फोकको पूर्णेडाँडामा ल्याएर राखेको इतिहास छ । सुरक्षाका कारण त्यहाँबाट पनि नामसालिङको हातीटारमा निसान सारिएको थियो । पछि इलामको माइथानमा ल्याएर स्थापना गरिएको निसानलाई पुनः माइस्थान मन्दिरमै स्थापना गरिएको छ । यी निसानलाई नेपाली नागरिकले पूूर्व विजयको प्रतिकका रुपमा लिनेगरेका छन् ।

श्रीनाथ पल्टनले प्रयोग गरेका तोपलाई समेत अघिल्लो वर्ष माइस्थान मन्दिरमै ल्याएर पुनस्र्थापना गरिएको थियो । यसपटक गएको पुस २३ गते सुुरु गरिएको पदयात्रामा सूूर्योदय नगरपालिका, माइजोगमाई गाउँपालिका र इलाम नगरपालिका तथा नेपाली सेना सहभागी भएका थिए । पदयात्रामा पूर्व विजय गरिएका तीनै निसानलाई पनि साथै हिँडाइएको थियो । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेकाबेला पूूर्वको टिस्टासम्म पुुगेको नेसाली सीमा विसं १८७२ सुुगौली सन्धिपछि हालको मेची नदीमा आएर खुम्चिएको इतिहास छ ।

त्यसबेला भारतको नागरिगढीमा गाडिएका निसान, तोप र गोलालाई सुुगौली सन्धीपछि करर्फोकको पूर्णेडाँडामा मुकाम बनाएर सारिएको इतिहास रहेको इलामका इतिहासकार युद्धप्रसाद वैद्य बताउनुुहुन्छ ।  पूूर्णेडाँडा पनि नेपाल–भारत सीमानजिक रहेकाले सुरक्षाका कारण केही समयपछि ती निसानलाई नामसालिङको हात्तीटारमा ल्याएर राखिएको थियो । पछि इलाम सदरमुकाम कायम भएपछि ती निसानलाई सदरमुकाममै ल्याएर माइस्थान मन्दिरमा राखिएको वैद्यले जानकारी दिनुुभयो । निसान पदयात्राका क्रममा नेपाल एकीकरणताका तात्कालीन श्रीनाथ पल्टनले पूर्वको भूभाग विजय गाडिएको निसानसँगै हिँडाइएको थियो ।