सुनसरी | श्री वैदिक कर्मकाण्ड परिषद् नेपाल जिल्ला कार्य समिति सुनसरीको छैठौँ साधारण सभा तथा तेस्रो अधिवेशन आज सम्पन्न भएको छ। अधिवेशनबाट नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ।
अधिवेशनले पं. घनश्याम बराललाई अध्यक्षमा निर्वाचित गरेको छ भने वरिष्ठ उपाध्यक्षमा पं. गोविन्द प्रसाद कोइराला चयन भएका छन्। उपाध्यक्षमा पं. देवराज खतिवडा र पं. चन्द्रहरि काफ्ले निर्वाचित भएका छन्।
यसैगरी सचिवमा पं. अर्जुन कोइराला चयन भएका छन् भने सह–सचिवमा पं. गुणराज निरौला र पं. कृष्णहरि काफ्ले चयन भएका छन्। कोषाध्यक्षको जिम्मेवारी पं. सम्राट गौतम (सम्राट् गौतम ज्योतिषाचार्य) लाई प्रदान गरिएको छ।
अधिवेशनबाट सदस्यहरूमा पं. रमेश कुमार भट्टराई, पं. बाबुराम तिमल्सिना, पं. शिवनिधी ढकाल, पं. कोमल प्रसाद खतिवडा, पं. गणेश प्रसाद तिम्सिना, पं. मुक्तिनाथ आचार्य, पं. रेवती रमण रेग्मी, पं. नन्दराज कट्टेल, पं. देवराज सुवेदी, पं. नविन निरौला र पं. निलकण्ठ निरौला चयन भएका छन्।
अधिवेशनमा वैदिक संस्कृतिको संरक्षण, कर्मकाण्डीय एकता, धार्मिक परम्पराको प्रवर्द्धन तथा संस्थागत सुदृढीकरणका विषयमा व्यापक छलफल गरिएको थियो। कार्यक्रममा सहभागीहरूले नव–निर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।


