इटहरी । इटहरी लेडी जेसीज वर्ष २०२६ का लागि अध्यक्ष पदमा यमुना बुढाथोकी निर्वाचित भएकी छन्।

उनको नेतृत्वमा संस्थाको नयाँ कार्यसमिति चयन भएसँगै इटहरी लेडी जेसीजले आगामी वर्षका कार्यक्रम र गतिविधिहरूलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । नव निर्वाचित कार्यसमितिमा कार्यकारिणी उपाध्यक्षमा तारा दुलाल र प्रकृति चौलागाई, उपाध्यक्षहरूमा उषा पौडेल, निर्मला नेपाल, निशा पौडेल र सुस्मिता कार्की चयन भएका छन्। 

WhatsApp Image 2026-01-11 at 5.26.33 PM (1) 1

त्यसैगरी सचिव पदमा शुषमा ढकाल निर्वाचित भएकी छन्। नयाँ नेतृत्वलाई हार्दिक बधाई दिँदै शुभेच्छुकहरूले सफल, सशक्त र उपलब्धिमूलक कार्यकालको कामना गरेका छन्। 

इटहरी लेडी जेसीजले महिला नेतृत्व विकास, सामाजिक सेवा तथा उद्यमशीलता प्रवर्द्धनका क्षेत्रमा निरन्तर योगदान गर्दै आएको छ। नयाँ कार्यसमितिले पनि संस्थाको गरिमा र उद्देश्यअनुसार उल्लेखनीय काम गर्ने विश्वास व्यक्त गरिएको छ।