इटहरी। चर्चित कलाकार निश्चल बस्नेतले इलामको साँखेजुुङस्थित स्वास्थ्य चौकीलाई तीन रोपनी जग्गा दान दिनुु भएको छ ।
बस्नेतले इलाम नगरपालिका–१ मा रहेको आफ्नो अंश भागमा परेको पुर्ख्यौली जग्गा आज स्वास्थ्य चौकीलाई जग्गा पास गरी दिनुु भएको वडासचिव लोचन भट्टराईले बताउनु भयो ।
अहिले विद्यालयको एक कोठे भवनमा सञ्चालनमा छ । भवनको लागि विभागबाटै डिजाइन स्टिमेट तयार भएर आएपछि आज स्वास्थ्य चौकीको नाममा जग्गा पास भएको वडा सचिव भट्टराईले जानकारी दिनुु भयो । आगामी बजेटमा भवन निर्माणको काम सुुरु गरिने छ । कलाकार निश्चल बस्नेतले आफ्नो अंशको जग्गा स्वास्थ्य चौकीको नाममा पास गरेर धनीपुर्जा हस्तान्तरण गर्नु भएको छ ।


