काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (ECAN) को २०औँ अधिवेशनबाट लक्ष्मण (एन्ड्र्यु) पौडेल अध्यक्षमा निर्वाचित भएका छन्। अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै संघको आगामी कार्यदिशा तय गरेको छ।
नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्ष पदमा बासुदेब दाहाल (बाशु), बिकल्प राज पोखरेल (बिकल्प) र गीता शिवाकोटी (गीता) निर्वाचित भएका छन्। महासचिवमा भवनाथ हुमागाई चयन भएका छन् भने सचिवमा सुरज सिलवाल र आशिक कार्की निर्वाचित भएका छन्।
यसैगरी कोषाध्यक्षमा साधना पुडासैनी र सह–कोषाध्यक्षमा गोविन्द खनाल निर्वाचित भएका छन्। सदस्यहरूमा अनन्तराज घिमिरे, उद्धव बन, विवेक बस्नेत, दामोदर शर्मा, अशोक कुमार हाथी, दिनेश पौडेल, सन्जिब पाण्डे, शिव प्रसाद अर्याल र कमल प्रसाद तिमल्सिना रहेका छन्।
अधिवेशनमा सहभागीहरूले शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित, पारदर्शी र अन्तर्राष्ट्रिय मापदण्डअनुसार अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। नवनिर्वाचित अध्यक्ष पौडेलले सबै सदस्यको सहकार्यमा विद्यार्थी हित, संस्थागत सुदृढीकरण र शैक्षिक परामर्शको विश्वसनीयता अभिवृद्धि गर्ने बताए।
अधिवेशन सफलतापूर्वक सम्पन्न भएकोमा सहभागीहरूले खुसी व्यक्त गर्दै नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिएका छन्।


