इटहरी । सुनसरीको इटहरी २ आयुर्वेदिक टोल स्थित त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र कोशी प्रदेशले शनीबार पहिलो वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
केन्द्रकी कोशी प्रदेश अध्यक्ष सुभद्रा प्याकुरेलको सभाध्यक्षतामा सम्पन्न साधारणसभाले भावी योजना पेश गर्दै बिभिन्न समिति गठन गरेको छ । सुवेदी कल्याण परिषदका केन्द्रिय सदस्य भुलराज सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभाले आगामी फागुन ३ गते शिवरात्रीको अवसर पारेर इटहरी २ को १०८ शिवलिंग परिषरलाइ त्रिनेत्र मोक्षधाम नामाकरण सहित भब्य समुदघाटन गरिने निर्णय गरिएको छ ।
सोहि कार्यक्रममा बिभिन्न समिती बनाएर दिगो रूपमा काम गर्ने प्रतिवद्धता समेत गरिएको १०८ शिवलिंग निर्माण समिती संयोजक बाबुराम सुवेदिले जानकारी दिनुभयो । त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र दिगो पुजा व्यवस्थापन समिती , शिवरात्री आयोजक समिती ,अक्षयकोष निर्माण समिती लगायत गठन गरि काम गरिने संयोजक सुवेदिले जानकारी दिनुभयो । त्यस्तै सोही कार्यक्रममा आगामी माघ १५ गते नवलपरासीमा हुने त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको अधिवेशनमा सहभागी जनाउन कोशीबाट प्रतिनिधि छनौट लगायतको विषयमा छलफल भएको केन्द्रकी कोशी प्रदेश सचिव प्रतिक्षा प्राप्ती अधिकारीले बताउनुभयो ।
कोशी प्रदेशलाइ धार्मिक पर्यटकीय नगरी बनाउने उद्येश्य सहित केन्द्रले बिभिन्न योजना सहित काम गरिरहेको छ । अध्यात्मका माध्यमबाट मानव जीवनलाई सहज र सरल वनाउने उद्धेश्य बोकेको त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रले सुनसरीको इटहरीमा १०८ शिव लिगं निर्माण गरी धार्मिक पर्यटकिय क्षेत्रलाइ प्रवर्दन गर्दै आएको छ ।


