काठमाडौँ। झापाको दमकमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी भएपछि अवस्था तनावग्रस्त बनेको बताइएको छ। रास्वपाका कार्यकर्ताहरूले ओलीको विरोधमा नाराबाजी गरेपछि दुवै पक्षबीच धकेलाधकेल र झडप भएको हो। घटनापछि त्यहाँको सुरक्षा अवस्था अझै पूर्ण रूपमा सामान्य भइसकेको छैन। झापा ५ बाट उम्मेदवारी दिन रास्वपा नेता बालेन साहसहितको टोली निर्वाचन अधिकृतको कार्यालयमा पुगेको थियो । सोही क्रममा कार्यकर्ताहरुले ‌ओलीविरुद्ध नाराबाजी गरेका थिए ।