इटहरी । जिल्ला प्रहरी कार्यालय धनकुटाले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि निर्वाचन प्रहरी पदपूर्तिका लागि पुनः दरखास्त आह्वान गरेको छ ।
यसअघि दरखास्त आह्वान गरिएको अवधिमा मागअनुसार आवेदन नपरेपछि पुनः दरखास्त खुलाइएको जनाइएको छ । ६७ जना निर्वाचन प्रहरी अपुग भएको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रहरी निरीक्षक किशोर तामाङले जानकारी दिनुभयो । शनिबार र आइतवाका लागि निवेदन दिन समय थप गरिएको हो ।
दरखास्त जिल्ला प्रहरी कार्यालय धनकुटा, सशस्त्र प्रहरी बल नेपाल नं। ६ गुल्म हे।क्वा। छिन्ताङ धनकुटा, इलाका प्रहरी कार्यालय छिन्ताङ तथा इलाका प्रहरीकार्यालय राजारानी धनकुटाबाट दर्ता गर्न सकिने जनाइएको छ धनकुटामा कुल एक हजार ८५ निर्वाचन प्रहरीको कोटा निर्धारण गरिएको छ । सरकारले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा खटिने निर्वाचन प्रहरीका लागि पुस २५ बाट माघ १ गतेसम्मका लागि दरखास्त आह्वान गरेको थियो । सो अवधिमा धनकुटामा कुल आठ सय ७६ जनाको मात्र आवेदन परेपछि माघ ३ गतेसम्मलाई म्याद थप गरिएको थियो । अहिले पुनः दोस्रोपटक म्याद थप गरिएको हो ।

