इटहरी। इलामका लागि माग भएको निर्वाचन प्रहरी सङ्ख्या कम भएपछि जिल्ला प्रहरी कार्यालय इलामले पुनः दोस्रो पटक भर्ना खोलेको छ । जिल्लाका लागि आवश्यक एक हजार नौ सय १३ सङ्ख्या आवश्यक रहे पनि अहिलेसम्म एक हजार ६०९ जना लिखित र मौखिक परिक्षामा उत्र्तीण भएको कार्यालयले जनाएको छ । शारीरिक जाँचपश्चात् लिखित परीक्षामा १२ जना सहभागी नभएको र अझै आवश्यक सङ्ख्या नपुगेकाले भर्नाका लागि नयाँलाई पुन स् हिजो र आज दुई दिन समय थप गरिएको डिएसपी लक्ष्मी भण्डारीले बताउनुभयो । निर्वाचन प्रहरीमा आएकाहरुलाई आगामी माघ १५ देखि माघ २४ गते सम्म उनीहरुलाई प्रशिक्षण गराइने तालिका रहेको कार्यालयले जनाएको छ । निर्वाचन प्रहरी मतदान केन्द्र, मतदान स्थलमा नेपाल प्रहरीसँगै ४० दिन काम गर्नेछन् ।

