इटहरी । पौडेल वंश महासंघ नेपाल सुनसरी जिल्ला कार्यसमितिको आयोजनामा दुहबी नगरपालिकामा जिल्ला भेला सम्पन्न भएको छ।

२०८२ साल माघ १० गते शाह अतिथि गृह, दुहबीमा सम्पन्न भेलाको सञ्चालन हेमप्रसाद पौडेलले गर्नुभएको थियो भने भेलाको संयोजक जिल्ला सदस्य ढुण्डीप्रसाद पौडेल रहनुभएको थियो । भेलाको अध्यक्षता जिल्ला अध्यक्ष नवराज पौडेलले गर्नुभएको कार्यक्रमका प्रमुख अतिथि पौडेल वंश महासंघ नेपालका केन्द्रीय महासचिव उद्दव पौडेल रहनुभएको थियो। कार्यक्रममा केन्द्रीय सह–कोषाध्यक्ष बेनु प्रसाद पौडेल, केन्द्रीय सदस्य दिनेश पौडेल, संस्थापक महिला उपाध्यक्ष बालिका पौडेल, कोशी प्रदेश अध्यक्ष राजेन्द्र पौडेल, जिल्ला पदाधिकारी तथा सल्लाहकार सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागी सबैले आ–आफ्नो परिचय दिँदै महासंघको उद्देश्य, भूमिका र भावी कार्यदिशाका बारेमा मन्तव्य राखेका थिए। केन्द्रीय सदस्य दिनेश पौडेल, संस्थापक महिला उपाध्यक्ष बालिका पौडेल, कोशी प्रदेश अध्यक्ष राजेन्द्र पौडेल तथा केन्द्रीय सह–कोषाध्यक्ष बेनु प्रसाद पौडेलले महासंघ गठनको उद्देश्य, काम, कर्तव्य तथा उठेका प्रश्नहरूको जवाफ प्रस्तुत गर्नुभएको थियो। केन्द्रीय महासचिव उद्दव पौडेलले महासंघको विधान र भावी योजनाबारे प्रकाश पार्नुभयो।

भेलाबाट सर्वसम्मत रूपमा नयाँ जिल्ला कार्यसमिति चयन गरिएको छ। चयन भएका पदाधिकारी तथा सदस्यहरू यस प्रकार छन्—

अध्यक्षः शालिग्राम पौडेल

उपाध्यक्षः दिवाकर पौडेल

सचिवः विजय पौडेल

सह–सचिवः बिमल पौडेल

कोषाध्यक्षःसुशीला पौडेल

सदस्यहरूःतेजप्रसाद पौडेल, संजय पौडेल, पवनकुमार पौडेल, दुर्गाप्रसाद पौडेल, कमल पौडेल, विवेक पौडेल, प्रिया पौडेल, रमेश पौडेल (१३ सदस्यीय समिति)

 गढी गाउँपालिका सम्पर्क संयोजक,चन्द्रप्रसाद पौडेल

 नवनिर्वाचित पदाधिकारीहरूलाई महासंघको विधान अनुसार केन्द्रीय महासचिव उद्दव पौडेलले सपथ ग्रहण गराउनुभएको थियो। नवनिर्वाचित समितिको तर्फबाट अध्यक्ष शालिग्राम पौडेलले बन्धुहितमा निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रमको अन्त्यमा सभापति नवराज पौडेलले नवनिर्वाचित सम्पूर्ण टिमलाई बधाई दिँदै कार्यक्रम समापन गर्नुभएको थियो।