इटहरी ।  माइती नेपालको संरक्षणमा रही बुवा(आमाको पहिचान हुन नसकेकी सुकुमाया गुरुङलाई जिल्ला प्रशासन कार्यालयले नागरिकता उपलब्ध गराएको छ ।

भोजपुरका प्रमुख जिल्ला अधिकारी राजन पौडेलले जिल्ला प्रशासन कार्यालयमा गुरुङलाई नागरिकता प्रदान गर्नुभएको हो। जिल्ला प्रशासन कार्यालयका अनुसार सकुमायालाई ०९–०१–८२–०३५५९ नम्बरको नागरिकताको प्रमाणपत्र दिइएको हो । भोजपुरको साल्पासिलिछो गाउँपालिका–६ उनको स्थायी बासस्थान रहेको छ । नागरिकता नहुदाँ समस्यामा रहेकी सुकमायालाई नागरिकता प्रदान गरेपछि राज्यले दिने सेवा सुविधा लिन सहज भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।