इटहरी । प्रतिनिधि सभा सदस्यका लागि सुनसरी क्षेत्र नं १ मा  नेपाली कांग्रेसले सुजेन्द्र तामाङ्गलाई उमेद्बारको रुपमा प्रस्तुत गरेको छ । नेपाली कांग्रेसका क्षेत्र नं १ का सभापति समेत रहनुभएका तामाङ भोट माग्न घरदैलो गरि रहनुभएको छ । सुनसरी क्षेत्र नं १ मा भएका समस्याको हल गर्ने , युवालाई स्वरोजगार, खानेपानी , सिचाई , खोला कट्टान, सडकसंगै भावि प्रधानमन्त्रीको रुपमा कांग्रेस सभापती गंगन थापा बनाउने, भष्ट्रचारको अन्त्य गर्ने,  बिकास, सुशासन पारदर्शिता र जबाफदेहिता प्रति प्रतिबद्बता सहित उहाँ भोट माग्न घरदैलौ गरि रहनुभएको छ । सानालाई माया, युवालाई प्रोत्साहन र अग्रजलाई अभिभावकको रुपमा लिने उहाँ सरल , इमान्दार रहेको स्थानिय मतदाताहरुको भनाई छ । समाजसेबी पृष्ठभूमिबाट पार्टीको नेतृत्वमा उदाउनुभएका उहाँलाई प्रभावशाली युवा नेताको रुपमा हेरिएको छ । नेपाली काँग्रेस रूपान्तरणको प्रक्रियाबाट नयाँ ऊर्जा र आत्मविश्वास सहित अघि बढिरहेकाले सकारात्मक चुनावी परिणाम ल्याउने उहाँले बताउनुभयो । पार्टीमा रुपान्तरण आएको जनाउँदै तामाङ्गले जित व्यक्तिगत विषय नभइ सामूहिक प्रयासको नतिजाका रुपमा आउने तामाङको भनाइ छ ।