इटहरी । पुर्वी मोरङ्गको पथरी शनिश्चरे वडा नं ३मा रहेको प्यागोडा मोडेल इङ्गलिस बोर्डिङ स्कुलले शैक्षिक सत्र –२०८२ मा ४ जीपीए ग्रेड ल्याउने विद्यार्थीहरूलाई पुरस्कृत गरेको छ ।

विद्यालयको प्राङ्गणमा आयोजित एक समारोहका बीच तेस्रो त्रैमासिक परीक्षामा चार जि. पी. ए. ग्रेड प्राप्त गर्ने २३ जनालाई नगद ५ हजार रुपैयाँ सहित पुरस्कृत गरिएको हो । पहिलो त्रैमासिक परीक्षामा १३ जना र दोस्रो त्रैमासिक परीक्षामा १८ जनालाई पनि यसअघि नै चेक मार्फत पुरस्कार वितरण गरिएको विद्यालयका शिक्षक इन्द्र गौतमले जानकारी दिनुभयो । सोहि समारोहमा कक्षा नर्सरीदेखि १० सम्मका जेहन्दार विद्यार्थीहरुलाई पनि पुरस्कृत गरिएको थियो ।

विद्यालयका प्रिन्सिपल रमेश कुमार कोइरालाको सभापतित्वमा सम्पन्न उक्त पुरस्कार वितरण समारोहमा विद्यालयले हरेक वर्ष हरेक त्रैमासिक परीक्षामा सर्वोत्कृष्ट ४ जीपीए ल्याउने छात्र छात्राहरूलाई थप हौसला प्रदान गरी नगद सहित पुरस्कृत गरिरहने बताउनुभयो । परीक्षामा सहभागी विद्यार्थीहरूको उत्तरपुस्तिका समेत आजै विद्यार्थी तथा अभिभावकलाई प्रदान गरिएको थियो ।