इटहरी । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन सुरक्षालाई लक्षित गरी धनकुटामा पनि सेना परिचान तीव्र पारिएकोे छ ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण बनाउन नेपाल सरकारले दिएको निर्देशन अनुसार धनकुटामा पनि सेना परिचालन गरिएको भीम दल गण सल्लेरी धनकुटाका गणपति गणेश थापाले जानकारी दिनुभयो । उहाँका एकीकृत निर्वाचन सुरक्षा योजना अनुसार धनकुटाका सात वटा पालिकामा आवश्यकता अनुसार  सेना परिचालन गरिएको बताउनुभयो । गृह मन्त्रालयबाट प्रेसित एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ अनुरूप सेना परिचालन गरेको नेपाली सेनाले जनाएको छ । एकीकृत निर्वाचन सुरक्षा योजनामा नेपाली सेनाले अन्य सुरक्षा निकायसँगको सहकार्यमा नागरिक प्रशासनलाई सहयोग पु(याउने, संवेदनशील क्षेत्र तथा महìवपूर्ण पूर्वाधारको सुरक्षा, निर्वाचन अवधिभर उत्पन्न हुन सक्ने आपत्कालीन अवस्थामा शीघ्र प्रतिक्रिया दिई मतदाताको निर्बाध आवागमनमा सुनिश्चितता गर्नुका साथै निर्वाचन सामग्रीको सुरक्षा र सम्भावित जोखिम न्यूनीकरण गर्नु रहेको छ ।

निर्वाचनभन्दा एक महिनाअगावै सुरक्षा प्रबन्धलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउने योजना अनुरूप नेपाली सेनाले फिल्डमा खटिई सुरक्षा व्यवस्थालाई थप बलियो बनाउन अस्थायी बेस खडा गरी सैनिक गस्ती र आवश्यकता अनुसार संयुक्त गस्तीलाई प्रभावकारी रूपमा सञ्चालन गर्नेसमेत जनाइएको छ । यस्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपालसँगको समन्वय र सहकार्यमा महìवपूर्ण तथा संवेदनशील क्षेत्रमा सुरक्षा जिम्मेवारी लिइने जनाएको छ । धनकुटामा कुल ११९ मतदान स्थलमा १६६ मतदान केन्द्र रहने छन् । यस्तै जिल्ला कारागार धनकुटामा र निर्वाचनमा नखटिएका कर्मचारीका लागि दुई वटा अस्थायी मतदान केन्द्र रहने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । प्रतिनिधि सभा सदस्यका लागि एउटा मात्रै निर्वाचन क्षेत्र रहेको धनकुटामा एक लाख  १८ हजार ४२५ मतदाता रहेका छन् ।