इटहरी | इटहरी चोकमा जेनजी (Gen Z) युवाहरूको पहलमा राष्ट्रिय झण्डा परिवर्तन गरिएक भएको छ। स्थानीय युवा सबिन थापाका अनुसार, युवाहरूको सक्रियतामा चोकमा राखिएको राष्ट्रिय झण्डा फेरिएको हो।

यसैबीच, गत भदौ २२ र २३ गते भएको आन्दोलनका क्रममा इटहरी चोकमा स्थापित विभिन्न जातीय समुदायका मूर्तिहरूमा तोडफोड भएको थियो । स्थानीय स्रोतहरूका अनुसार, थारू समुदायसहित नेपाली विभिन्न जातीय पहिचान झल्काउने मूर्तिहरू क्षतिग्रस्त बनाइएको बताइएको छ 

जेनजी युवाहरू सबिन थापा, मौसम राया, प्रिन्स दहाल, दिनुप बन र सुमन बस्नेत लगायत युवाहरूको सहभागितामा झण्डा परिवर्तन गरिएको हो ।

स्थानीय बासिन्दाहरूले सार्वजनिक सम्पत्तिको संरक्षण गर्न र सामाजिक सद्भाव कायम राख्न सम्बन्धित पक्षसँग संयमता अपनाउन आग्रह गरेका छन्।