इटहरी | सुनसरीको इटहरी उपमहानगरपालिका–६, टेङ्ग्रा खोला नजिकै रहेको Saisha Beauty Salon & Academy को उद्घाटनमा आएको छ । पूर्व म्याजिक स्टेशनको ठीक अगाडि, Yonjan Niwas को दोस्रो तलामा अवस्थित उक्त एकेडेमी नयाँ स्वरूप र अत्याधुनिक सेवासहित सञ्चालनमा आएको हो।
सौन्दर्यसम्बन्धी व्यावसायिक तालिम तथा आधुनिक ब्यूटी सेवा प्रदान गर्ने लक्ष्यसहित सुरु गरिएको एकेडेमीले उद्घाटनको अवसरमा सीमित अवधिका लागि ५० प्रतिशतसम्म छुटको विशेष अफर सार्वजनिक गरेको छ ।
एकेडेमीमा डिप्लोमा इन कस्मेटोलोजी,प्रोफेशनल नेल टेक्निसियन, प्रोफेशनल मेकअप आर्टिस्ट, प्रोफेशनल मेकअप तथा हेयर स्टाइल लगायतका कोर्सहरूमा ५०% छुटको व्यवस्था गरिएको जानकारी दिइएको छ।
हेयर केराटिन उपचारमा ३०% छुटमा छाला (स्किन) उपचार, मेनिक्योर–पेडिक्योर सेवा, भौं पिग्मेन्ट सेवा, नेल एक्सटेन्सन सेवा रहेको छ ।
एकेडेमीकी सञ्चालिका गीता खड्काले महिलाहरूको सीप विकासमार्फत आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले संस्थालाई नयाँ ढाँचामा सञ्चालनमा ल्याइएको बताउनुभयो। उहाँका अनुसार सौन्दर्य क्षेत्र रोजगारी र स्वरोजगार दुवैका लागि प्रभावकारी माध्यम बन्न सक्ने भएकाले युवायुवतीलाई व्यावसायिक तालिम प्रदान गरी दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य राखिएको छ।
समाजमा महिलाहरूले पनि केही गर्न सकिन्छ भनेर बेरोजगार रोजगारी दिन सकिन्छ भनेर सञ्चालनमा ल्याइएको अध्यक्ष ब्लगर बेबोले बताउनुभयो । एकेडेमीले आगामी दिनमा गुणस्तरीय तालिम र सेवामार्फत इटहरी तथा आसपासका क्षेत्रका युवायुवतीलाई सीपयुक्त र आत्मनिर्भर बनाउने विश्वास लिएको उहाँले बताउनुभयो ।
उद्घाटन समारोहमा विभिन्न ब्यूटी सलोनका प्रतिनिधि, व्यवसायी, स्थानीय व्यक्तित्व तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


