इटहरी । सुनसरी क्षेत्र नम्बर २ मा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका सुजन लामा ९३८ वर्ष० ले आफूलाई दोस्रो पुस्ताको एमाले नेताका रूपमा प्रस्तुत गरेका छन्। उनले बाल्यकालदेखि नै राजनीतिमा चासो राख्दै २०५४ सालको स्थानीय तह निर्वाचनमा आमाबुवासँगै पहिलो पटक एमालेको झण्डा बोकेर प्रचारप्रसारमा सहभागी भएको स्मरण गरेका छन्।

उनी २०६५ सालदेखि सक्रिय राजनीतिमा लागेका हुन्। हाल उनी नेपाल कम्युनिष्ट पार्टी ९एमाले० को जिल्ला कमिटि सदस्यका रूपमा कार्यरत छन्। यसअघि २ नं। क्षेत्रीय कमिटि सदस्य, नगर कमिटि सचिवालय सदस्यजस्ता जिम्मेवारी सम्हालिसकेका छन्। साथै युवा संघ नेपाल मा जिल्ला अध्यक्ष हुँदै अहिले प्रदेश कमिटि अध्यक्षको भूमिकामा रहेका छन्। उनको निर्वाचन क्षेत्र पाँच पालिकामा फैलिएको छ—इटहरी उपमहानगरपालिका, इनरुवा नगरपालिका, रामधुनी नगरपालिका, देवानगन्ज गाउँपालिका र हरिनगर गाउँपालिका का केही वडाहरू। उनका अनुसार, तीव्र आर्थिक विकास भएको शहरी क्षेत्रदेखि विकासमा पछाडि परेका ग्रामीण भेगसम्म फैलिएको यो क्षेत्रका समस्या विविध र जटिल छन्।

मुख्य एजेण्डा

उनको मुख्य प्राथमिकता युवा, रोजगारी, शिक्षा र दीर्घकालीन विकास परियोजना हुन्। युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्न ठूला परियोजना र उद्योग भित्र्याउने पहल।तीनै तहका सरकारबीच समन्वय गरेर व्यवसायमैत्री वातावरण निर्माण।लागूऔषध दुव्र्यसन न्यूनीकरणका लागि युवालाई रोजगारी र सामाजिक गतिविधिमा संलग्न गराउने योजना। खेलकुद प्रतियोगिता, प्रशिक्षण तथा ज्येष्ठ नागरिकका लागि योगा–कसरत कार्यक्रम सञ्चालन। संगीत, कला र साहित्यको प्रवर्द्धन, साहित्यिक तथा सांस्कृतिक उत्सव आयोजना, संगीत तथा कला विद्यालय स्थापना।

622434916_25770816142586683_644341093862084031_n

शिक्षा र सामाजिक विकास

उनले गुणस्तरीय शिक्षा क्षेत्रको प्रमुख आवश्यकता भएको बताएका छन्। सरकारी विद्यालय सुधार सम्भव रहेको उदाहरण दिँदै इटहरीको जनता माध्यमिक विद्यालय इटहरी जस्ता विद्यालयको सुधारलाई सकारात्मक संकेतका रूपमा उल्लेख गरेका छन्। रामधुनी, देवानगन्ज र हरिनगर क्षेत्रका विद्यालय सुधारका लागि विशेष योजना बनाउने र सीपमूलक, व्यवहारिक शिक्षामा जोड दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

पर्यटन, पूर्वाधार र स्वास्थ्य

क्षेत्रका तालतलैया र प्रणामी मन्दिर लगायत पर्यटकीय स्थलको विकास तथा प्रचारप्रसारबाट आर्थिक गतिविधि बढाउने उनको योजना छ। बाढी समस्या समाधानका लागि तटबन्ध र नदी नियन्त्रण उपाय खोजी, स्वास्थ्य संस्थाको अभाव अन्त्य गर्न पहल, अव्यवस्थित बसोबास व्यवस्थापन तथा इटहरीलाई बाइपास र करिडोरमार्फत जोड्ने योजना पनि उनले अघि सारेका छन्।

समग्र प्रतिबद्धता

आफू युवा भएको र युवाको भावना बुझ्ने दाबी गर्दै उनले जेनेरेसन श् का आवाज सदनमा बुलन्द गर्ने बताएका छन्। महिलाको सीप विकास, शिक्षा प्रवर्द्धन तथा ज्येष्ठ नागरिकको भत्ता र स्वास्थ्य सुविधामा सुधारका लागि पहल गर्ने प्रतिबद्धता समेत जनाएका छन्।

समग्रमा, सुजन लामाले सुनसरी क्षेत्र नम्बर २ लाई आर्थिक, शैक्षिक र सामाजिक रूपमा रूपान्तरण गर्ने दीर्घकालीन योजना सहित आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन्।