इटहरी | नेपाली काङ्ग्रेस इटहरी उपमहानगरपालिका वडा नम्बर २० को आयोजनामा बृहत् चुनावी भेला सम्पन्न भएको छ।
इटहरी–२० मा आयोजित उक्त भेलामा राजिव कोइराला लाई विजयी गराउने लक्ष्यसहित कार्यक्रम नेपाली काङ्ग्रेस इटहरी–२० का सभापति अर्जुन बस्नेतको अध्यक्षतामा तथा पार्टीका केन्द्रीय सदस्य, सुनसरी क्षेत्र नं. २ का निर्वाचन प्रचार–प्रसार संयोजक एवं पूर्व नेपाल विद्यार्थी संघ सभापति राजिव डुंगाना को प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।
भेलामा वक्ताहरूले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सुनसरी क्षेत्र नम्बर २ का उम्मेदवार राजिव कोइरालालाई अत्यधिक मतले विजयी गराउन सबै नेता–कार्यकर्तालाई सक्रिय हुन आह्वान गरेका थिए।
सभापति अर्जुन बस्नेतले चुनाव लक्षित कार्यक्रमले संगठनलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्दै घरदैलो अभियानलाई तीव्रता दिनुपर्नेमा जोड दिनुभयो।
प्रमुख अतिथि राजिव डुंगानाले काङ्ग्रेसलाई मजबुत बनाउन राजिव कोइरालाको जित अनिवार्य रहेको उल्लेख गर्दै अहिलेको आवश्यकता जनतासँग प्रत्यक्ष भेटघाट र संवाद भएको बताउनुभयो।
त्यसैगरी गगन थापा लाई विजयी गराई सक्षम नेतृत्वमार्फत देशलाई स्थिर र सबल सरकार दिनुपर्ने धारणा प्रदेश नं. १ सदस्य तथा तरूण दल सुनसरीका सभापति सिजन गुरूङले व्यक्त गर्नुभयो।
कार्यक्रममा निवर्तमान क्षेत्रीय सभापति तथा नेता मणिराम श्रेष्ठ, प्रजातन्त्र सेनानी संघ कोशी प्रदेशका उपाध्यक्ष दिनेश चन्द्र राई, पूर्व नेविसंघ उपसभापति विकास केशी, लोकतान्त्रिक खेलकुद महासंघ सुनसरीका अध्यक्ष गोपाल राई, तरूण दल सुनसरीका उपसभापति तथा कार्यवाहक सभापति सुखदेव राई, कांग्रेस सुनसरी क्षेत्र नं. २ (क) का सभापति सुबेच्छु देवान, नेपाल चेलिबेटी अपांग कोशी प्रदेश अध्यक्ष दिल कुमारी राई लगायत केन्द्रीय, जिल्ला, वडा तथा नगर तहका पदाधिकारीहरू नेता–कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो।
भेलाले चुनावी माहोल थप उत्साहित बनाएको र कार्यकर्तामा ऊर्जा थपिएको आयोजकले जनाएको छ। भोलि शनिबार नेपाली काङ्ग्रेसले राजिब कोइरालालाई जिताउनका लागि इटहरीउपमहानगरपालिकाको १० वडामा इटहरीको पचरूखी चोककबाट र्याली कार्यक्रम गर्ने भएको छ ।


