इटहरी । रेडस्टार माविको ३० औं वार्षिकोत्सव तथा अभिभावक दिवस–२०८२ विविध सांस्कृतिक तथा शैक्षिक कार्यक्रम सहित हुँदैछ । विद्यालयका निर्देशक एवं प्रिन्सिपल टि.एन. तिम्सिनाको सभाअध्यक्षतामा शुक्रबार देखि सरुभएको दुई दिवसीय अभिभावक तथा वार्षिकोत्सव कार्यक्रमको प्रमुख अतिथि पथरी शनिश्चरे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडाले उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि खतिवडाले पूर्वी मोरङको शैक्षिक हबको रूपमा स्थापित ब्रिटिस काउन्सिल द्वारा अवार्ड प्राप्त गरेको रेडस्टारले शैक्षिक गुणस्तरमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको उल्लेख गर्नुभयो। कार्यक्रममा शैक्षिक सत्र २०८० र २०८१ का उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। त्यस्तै नर्सरी देखि कक्षा ३ सम्मका विद्यार्थीहरूले नृत्य, गीत, कविता, भाषण, नाटक, र्याम्प वाक, कथावाचन लगायतका विविध प्रस्तुति प्रस्तुत गरेका थिए ।
भोलि शनिबार विद्यालयका कक्षा –४ देखि १२ सम्मका विद्यार्थीको विभिन्न गतिविधिसँगै वार्षिक उत्सव भव्यताका साथ सम्पन्न हुने विद्यालयका प्रबन्धक निर्देशक तथा प्रिन्सिपल टि. एन. तिम्सिनाले जानकारी दिनुभयो। कार्यक्रममा राष्ट्रिय वाणिज्य सङ्घ पथरी शनिश्चरेका शाखा प्रबन्धक छविरमण लुइटेल, ट्राफिक प्रहरी कार्यालय पथरी शनिश्चरेका प्रहरी नायब निरीक्षक कमलप्रसाद दाहाल, विद्यालय व्यवस्थापन समितिका सदस्य क्रमश ः राजु तिम्सिना, सुजन बास्तोला, कमल प्रसाद दाहाल, माउण्ट हर्मन चिल्ड्रेन एकेडेमीका निर्देशक राजेन्द्र कार्की, अभिभावक, शिक्षक लगायतको उपस्थिति रहेको थियो।


