काठमाण्डौ ।  प्रतिनिधिसभा चुनाव अन्तर्गत दुईवटा क्षेत्रको नतिजा सार्वजनिक भएको छ । काठमाण्डौ १ र मुस्ताङ १ को नतिजा सार्वजनिक भएको हो । पछिल्लो नतिजा अनुसार मुस्ताङ १ मा कांग्रेसका योगेश गौचन थकाली ३ हजार ३ सय ७ मत ल्याएर विजयी हुनुभएको छ ।

यस्तै काठमाण्डौ १ मा रास्वपाकी रन्जु न्यौपाने ९दर्शना० ले १५ हजार ४ सय ५५ मत ल्याएर विजयी हुनुभएको छ । मतगणना भैरहेका ६९ निर्वाचन क्षेत्रमध्ये रास्वपाले ५२, कांग्रेसले ६, एमालेले ४, नेकपाले ३ तथा राप्रपा र श्रम संस्कृति पार्टीले १ र १ क्षेत्रमा अग्रता लिएका छन् ।