इटहरी । इलाम २ मा मतगणना कार्य सुरु भएको छ । पहिलो चरणमा चुलाचुली गाउँपालिका(६ बाट गणना सुरु गरिएको छ ।
अहिले चुलाचुली(६ का चारवटा मतपेटिका खोलिएका छन् । इलाम(२ मा आज बसेको सर्वदलीय बैठकले पहिला एउटा पालिकाको एउटा वडा गणना सक्ने र त्यसपछि अर्को वडाको गणना गर्ने तथा सम्बन्धित पालिकाको सकिएपछि मात्र अर्को पालिकातर्फको गणना सुरु गर्ने निर्णय गरेको छ ।
इलाममा यस पटक कुल १ लाख ३१ हजार ३४४ मत खसेको छ भने इलाम(२ मा ६७ हजार ६४८ मत खसेको छ ।
यसैगरी इलाम(१ मा पनि मतगणना कार्य हुने तयारीमा छ । इलाम(१ मा ६३ हजार ६९६ मत खसेको छ ।


