इटहरी । ललितपुर क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की निर्वाचित हुनुभएको छ । उहाँ ४३ हजार ९६ मतका साथ बिजयी हुनुभएको हो ।
प्रतिद्वन्द्वी काँग्रेसका उम्मेदवार जितेन्द्रकुमार श्रेष्ठले ९ हजार ४५ मत प्राप्त गर्नुभयो भने नेकपाका राजकाजी महर्जनले ६ हजार २२ मत प्राप्त गर्नुभएको छ । ललितपुर क्षेत्र नम्बर ३ बाट निर्वाचित भएपछि सञ्चारकर्मीसंग कुरा गर्दै कार्कीले देशभर जनताको जित भएको भन्दै रास्वपाले जित मात्रै नभइ देशको जिम्मेवारी लिएको बताउनुभयो ।
उहाले अव जनताको सुखको दिन आउने बताउनुभयो । कार्कीले जनेजी म्याण्डेड अनुसार भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गर्नका लागि काम गर्ने उल्लेख गर्नुभयो ।


