इटहरी । बराहक्षेत्र ८ शुक्रबारे स्थिति सुनसरी स्टार एकेडेमीमा रहेको सुनसरी स्टार बाल क्लवले महिलामा लगानी सभ्य र समुन्नत समाजको थालनी“भन्ने मुल नारालाई आत्मासाथ गर्दै  ११६ औंँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एक दिवसिय “किशोरी अवस्था र स्वास्थ्य सचेतना सहजीकरण कार्यक्रम“ सम्पन्न गरेको छ ।

कार्यक्रम क्लवकी अध्यक्ष शिक्षा ढकालको सभाध्यक्षता र बराहक्षेत्र वडा नं ८ कि वडा सदस्य तुलसा राईको प्रमुख आतिथ्यमा गरिएको थियोे । सकुन्ता राईको संयोजकत्वमा गरिएको सचेतना सहजीकरण कार्यक्रममा दुहबीकी शान्ति दनुवारले सहजिकरण गर्नुभएको थियोे ।

उहाँले नारी दिवस के हो किन मनाइन्छ देखि लिएर शिक्षा, स्वास्थ्य, मानिसक अवस्था, तनाव व्यवस्थापन, किशोरीहरुमा देखिने समस्या साथै समस्या समाधानका उपायहरु, लैङ्गिक पहिचानको कारणले भोग्नुपर्ने यातनाहरु लगायत अन्य विषय वस्तुमा सहजीकरण गर्नु भएको थियोे ।

विद्यालयले सधाको भन्दा अलिक फरक तरिकाले उपब्धिमुलक कार्यक्रम गर्ने उदेश्य राखेर शिक्षा प्रदान गराउन खोजेको विद्यालयका प्रिन्सिपल अवियोग राईले बताउनुभयो। कार्यक्रमबारे बोल्दै महिला सरोकार समाजकी अध्यक्ष कमला थापाले निजि तथा सरकारी संघ संस्थाले समय समयमा नारीहरुलाई सहजीकरण गर्ने हो भने अझ सशक्त रुपमा अगाडि बढ्न सकिने विचार राख्नुभयो ।