इटहरी । नेपालका लागि टिभिएस ब्रान्डको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि. ले इटहरीमा “टिभिएस एक्सचेञ्ज म्यानिया“ अभियान आइतबार देखि सुरु गरेको छ ।
इटहरी पश्चिम लाइनस्थित राजस्व ढाटमा आयोजना गरिएको कार्यक्रम चैत १ गतेदेखि ६ गतेसम्म सञ्चालन हुनेछ । कार्यक्रमको पहिलो दिनमै १८ वटा सवारी साधन बिक्री वितरण भएको थियो । साथै सहभागी ग्राहकलाई आकर्षक गिफ्ट प्याकेज पनि प्रदान गरिनेछ । पुराना सवारीको मूल्याङ्कनका लागि १० जना अनुभवी भ्यालुएटर परिचालन गरिएको छ ।
आयोजकका अनुसार मूल्याङ्कन पारदर्शी र पूर्वमै उच्चतम मूल्य ग्यारेन्टी रहेको छ । बजार मूल्यभन्दा सस्तोमा सवारीसाधन पाएर खुशी भएको ग्राहक इसाफिल मियाँले बताउनुभयो । सञ्चालक लिलानाथ लुईटेलका अनुसार, जुनसुकै कम्पनीको पुरानो बाइक लिएर आउनुहुने ग्राहकले ३० हजार सम्म मूल्याङ्कन, ८ हजार छुट, ०% ब्याजदरमा किस्ताबन्दी र इन्जिनमा लाइफटाइम वारेन्टी जस्ता सुविधा पाउने बताउनुभयो ।
हाल नेपाली बजारमा टिभिएसका २३ मोडेल उपलब्ध छन्। इटहरी, धरान, इनरुवा, दुहबी लगायत पूर्वी क्षेत्रका ग्राहकका लागि यो अभियान अवसरपूर्ण अफर रहेको छ । टिभिएसले पुरानो बाइक साटेर नयाँमा चढ्न मात्र होइन, त्यससँगै आर्थिक सजिलो, इन्जिनको दीर्घ ग्यारेन्टी र अफरको भरपर्दो व्यवस्था पनि सुनिश्चित गर्दै आएको छ ।


