इटहरी ।  दोस्रो पटक संसदीय यात्रा तय गरेका इलाम–२ बाट निर्वाचित नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले मतको उच्च सम्मान गर्दै जिल्लाको हितका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

२०७९ सालको निर्वाचनमा बुुवा सुुवास नेम्वाङ लड्दै गर्दा निकै कठिन भएको स्मरण गर्दै नेम्वाङले २०८१ सालको उपनिर्वाचनमा विश्वास गरेर इलामले दिएको मतलाई संसद्को १६ महिने यात्रामा उच्च बनाउने प्रयास गरेको उहाँको भनाइ छ । अहिले पनि इलामका नागरिकले दिएको विश्वासलाई शिर निहुु¥याउन नदिने बताउनुुभयो । नेम्वाङले इलाम–२ मा चुनाव लड्दै गर्दा हरेक निर्वाचनमा इलामले दिएको मतको उच्च सम्मान गर्दै जिल्लाको हितका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

देशलाई अप्ठ्यारो पर्दा होस् अथवा सरकारले नराम्रो कदम चाल्दा आफूले त्यस्तो कदम सच्याउन हरेक पटक आग्रह गरिरहेको स्मरण गर्दै नेम्वाङले यो जितपछि पनि देश र जनताका पक्षमा सधैँ दह्रो भएर उभिने अठोट गर्नुभयो । नेम्वाङले विपत्मा परेको इलामका लागि अधुुरा काम पूरा गर्ने र पुुनर्निर्माणका लागि अगाडि बढ्ने दायित्व आफ्नो काँधमा रहेको बताउनुुभयो । नेम्वाङले आफ्नो प्रतिबद्धतापत्रमा उल्लेख गरेको ‘ग्लोबल ब्रान्डिङ’ को विषयलाई पनि प्रस्ट्याउनुभएको छ ।