इटहरी । पुर्वी मोरङको पथरी शनिश्चरे वडा नं २ को पारुहाङ  सरस्वती टोल विकास समितिले सार्वजनिक बिसौनी चौतारा र धारा निर्माण गरेको छ । 

यात्रीहरू तथा बुढापाकाहरुलाई आफ्नो साथी संगीसँग मनको भावना साटासाट गर्न र तिर्खा लाग्दा पानी पिउन  सजिलो होस् भन्ने उद्देश्यले  सार्वजनिक फलैचा र धारा निर्माण गरिएको हो । नयाँ शुद्ध पिउने पानीका सार्वजनिक धाराहरू र फलैचाहरुको औपचारिक रुपमा सोमबार पथरी शनिश्चरे वडा नं २ का वडाध्यक्ष नैना साम्पाङ राईले उद्घाटन गर्नुभएको थियो ।

पारुहाङ सरस्वती टोल विकास समितिको संयुक्त पहलमा सार्वजनिक चौतारा, धारा र अफिसको निर्माणका लागि १ लाख १५ हजार रुपैयाँ बराबरको प्रारम्भिक खर्च भएको पारुहाङ टोल विकास समितिका सचिव तिलक गुरुङले बताउनुभयो ।