इटहरी । सुनसरीको इटहरी–४, आइतबारेस्थित दुर्गा पार्टी प्यालेस नजिकै ‘नेपाली जुत्ता घर’को भव्य शोरुम सञ्चालनमा आएको छ ।
आइतबार एक विशेष कार्यक्रमका बिच पूजा–अर्चना गरी शोरुमको विधिवत् रूपमा उद्घाटन गरिएको हो। नेपालमै उत्पादित जुत्ता तथा चप्पलहरूको प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको उक्त शोरुमका सञ्चालक मातृका प्रसाद नेपालले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार ‘नेपाली जुत्ता घर’मा विभिन्न नेपाली ब्रान्डका गुणस्तरीय उत्पादनहरू उपलब्ध गराइएको छ । शोरुममा रनसुज, फस्र्टवाक सुज, बीएफ डियर हिल सुज तथा सुल्याण्ड ब्रान्डका जुत्ता चप्पलहरू एकै स्थानमा पाइने व्यवस्था गरिएको छ । ग्राहकहरूले एकै ठाउँमा चारवटा नेपाली ब्रान्डका १ हजार भन्दा बढी मोडेलहरू अवलोकन तथा खरिद गर्न सक्नेछन्, जसले उनीहरूलाई फराकिलो विकल्प प्रदान गर्ने विश्वास गरिएको छ।
शोरुम बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म हप्ताको सातै दिन खुला रहनेछ। व्यस्त जीवनशैलीलाई मध्यनजर गर्दै ग्राहकलाई सहज र नियमित सेवा प्रदान गर्ने उद्देश्यले निरन्तर सञ्चालनमा रहने जनाइएको छ । नेपाली उत्पादनलाई प्राथमिकता दिँदै सञ्चालनमा ल्याइएको ‘नेपाली जुत्ता घर’ले स्वदेशी उद्योगको प्रवद्र्धन तथा स्थानीय उत्पादनको प्रयोग बढाउने लक्ष्य लिएको छ।
पछिल्लो समय नेपाली ब्रान्डका जुत्ता–चप्पलको गुणस्तर र डिजाइनमा उल्लेखनीय सुधार हुँदै गएको सन्दर्भमा यस्तो शोरुमले बजार विस्तारमा महत्त्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ । शोरुम सञ्चालनका लागि करिब १ करोड रुपैयाँ बराबरको लगानी गरिएको छ । सञ्चालक नेपालका अनुसार आगामी दिनमा अझ धेरै नेपाली ब्रान्डलाई समेट्दै व्यवसाय विस्तार गर्ने योजना रहेको छ ।


