इटहरी । झापाको दमकमा काव्य रियालिटी शो ‘मेरो कविता: द रिदम अफ पोएट्री’ (सिजन–१) को ग्रान्ड फिनाले सम्पन्न भएको छ ।

नेपाली भाषा र साहित्यको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको सो रिदम एन्ड रियालिटी प्रतियोगितामा सिक्किमका सोनाम पाल्जोर तामाङ विजेता घोषित हुनुभएको हो । उक्त प्रतियोगिताको फिनाले विजेता तामाङले नगद ३ लाख रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नुभएको छ  ।

यस्तै , धरानका प्रवेक हाङसोङ प्रथम उपविजेता बन्दै १ लाख रुपैयाँ हात पार्नुभएको छन् भने टोली प्रसाद राजवंशी दोस्रो उपविजेताले ७५ हजार रुपैयाँ र सेसे थामसुहाङ तेस्रो उपविजेता बन्दै ५० हजार रुपैयाँ सहित  भव्य समारोहका बीच पुरस्कृत हुनुभएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतित्यतामा सम्पन्न भएको उक्त प्रतियोगिताको समापनमा उहाँले ’कविताले समाज र माटोको आवाज बोल्नुपर्ने उल्लेख गर्नुभयो ।

यस्ता कार्यक्रमले राजधानी केन्द्रित साहित्यिक गतिविधिलाई विकेन्द्रीकरण गर्न सहयोग पु¥याएको’ धारणा व्यक्त गर्नुभएको थियो । कार्यक्रममा विश्व भूटानी साहित्यिक संगठनका पदाधिकारी, विभिन्न स्रष्टा तथा कलाकारहरूको उपस्थिति रहेको थियो । बेलडाँडी र पथरी शिविरका प्रतिनिधिहरू तथा भुटानी शरणार्थी समुदायको सक्रिय उपस्थिति रहेको थियो ।