इटहरी । नेपालको अग्रणी दुई पाङ्ग्रे ब्रान्ड बजाज अटो अन्तर्गत बजाज एक्सचेञ्ज मेला इटहरीमा सञ्चालन हुने भएको छ। बैशाख १६ गतेदेखि २१ गतेसम्म श्रीकृष्ण प्रणामी मन्दिर छेउ, मिलन चोक, इटहरीमा आयोजना हुने मेलामा ग्राहकले आफ्नो पुरानो बाइक साटेर नयाँ बजाज बाइक अपग्रेड गर्ने अवसर पाउनेछन्।
आयोजकका अनुसार मेलामा आकर्षक मूल्याङ्कन, निःशुल्क सामग्रीहरू, एक्सचेञ्ज मेला स्थलमै फाइनान्स सुविधा, 0 % प्रतिशत सर्भिस चार्ज, आकर्षक नगद छुट लगायत सुविधा उपलब्ध रहनेछन्। साथै बजाज बाइक खरिदमा पक्का नगद उपहार समेत प्रदान गरिने बताइएको छ।
एक्सचेञ्ज मेलामा पुरानो मोटरसाइकलको उचित मूल्यांकनसहित नयाँ बाइक खरिदमा विशेष छुटको व्यवस्था गरिएको आयोजकले जनाएको छ। इटहरी स्थित अटो सिटी बजाज शो–रुमको आयोजनामा हुन लागेको उक्त मेला उपभोक्तालाई लक्षित गरी ल्याइएको विशेष अफर भएको बताइएको छ।
बाइक अपग्रेड गर्न चाहने सेवाग्राहीले मेला अवधिभर प्रत्यक्ष सहभागी भई फाइनान्स, एक्सचेञ्ज तथा छुटसम्बन्धी सेवा लिन सक्नेछन्। विस्तृत जानकारीका लागि 9705055339 र 9807032816 मा सम्पर्क गर्न सकिने जनाइएको छ।


