प्रेक्षा आचार्य

च्याप्टर लिड

लोला इटहरी च्याप्टर

इटहरी । लेडिज अफ लिबर्टि अलायन्स इटहरी च्याप्टरले हिजो प्रभात किरण माध्यमिक विद्यालय, सलकपुरमा “डिजिटल लाइफस्टाइल तथा महिला स्वास्थ्य” विषयक विशेषसत्र सम्पन्न गरेको छ ।

कार्यक्रममा विशेषगरी किशोरी तथा युवतीहरूलाई लक्षित गर्दै डिजिटल लाइफस्टाइलले महिलाको शारीरिक र मानसिक स्वास्थ्यमा पार्ने प्रभावबारे छलफल गरिएको थियो। लामो समय स्क्रिन प्रयोग गर्दा हुने असर, निद्रामा पर्ने प्रभाव, मानसिक तनाव तथा दैनिक जीवनमा सन्तुलन कायम गर्ने उपायहरूबारे पनि जानकारी दिइएको थियो ।  साथै महिलाहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै आत्म–हेरचाह, सकारात्मक डिजिटल बानी, र स्वस्थ जीवनशैली अपनाउने सरल तरिकाहरू पनि सहभागीहरूलाई व्यवहारिक रूपमा बुझाइएको थियो ।

कार्यक्रम पब्लिक हेल्थ क्षेत्रकी प्रशिक्षक सुबेक्षा खानाल र उहाँको टिम द्वारा फ्यासिलिटेट गरिएको थियो, जसले विषयवस्तुलाई सरल र प्रभावकारी रूपमा प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा च्याप्टर लिडले आगामी दिनहरूमा पनि यस्ता सचेतनामूलक तथा महिला सशक्तीकरण केन्द्रित कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने र महिलाहरूलाई विभिन्न क्षेत्रमा अझ सशक्त बनाउने उद्देश्य रहेको जानकारी गराउनुभएको थियो ।